रघुगंगा– ४ मा वडा अध्यक्षमा पविन गर्बुजासहित कांग्रेसको प्यानल विजयी

म्याग्दी । रघुगंगा गाउँपलिका वडा नम्वर ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा पविन गर्बुजासहितको प्यानल विजयी भएको हो ।

अध्यक्ष्मा निर्वाचित गर्वुजाले ४३७ मत ल्याउदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विप्रसाद पुनले ११७ मत र एमालेका इन्द्रबहादुर थजालीले ८३ मत प्राप्त गर्नुभएको थियो । वडासदस्यमा कांग्रेसका राजकुमार गर्वुजा, आरती विक, कुमारी पुर्जा र चित्रबहादुर गर्वुजा निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

वडानम्वर ४ को मतगणना सकिदाँ गाउँपालिका अध्यक्षमा भवबहादुर भण्डारीले २ हजार ३८१, एमालेका प्रेमबहादुर कार्कीले २ हजार ४७ र माओवादीका मिना विश्वकर्माले ८३७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकी यामकुमारी गर्वुजाले १ हजार ९४४, माओवादीका रिम कटुवालले १ हजार ७०० र कांग्रेसकी प्रेमकुमारी पुनले १ हजार ६९२ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार