लुम्बिनी आएपछि मोदीले भने– अद्भुत जनताहरुमाझ हुन पाउँदा खुसी लागेको छ

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको सिलसिलामा सोमबार लुम्बिनी आउनुभएको छ । उहाँ बुद्ध जयन्तीसम्बन्धी कार्यक्रममा सहभागी हुन लुम्बिनी आउनुभएको हो ।

लुम्बिनीमा ओर्लिएपछि ट्वीट गर्दै मोदीले बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालीमाझ हुन पाउँदा खुसी लागेको बताउनुभएको छ । उहाँले नेपालीलाई अदुभूत जनताहरु’ भन्दै प्रशंसा गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘नेपाल आइपुगेको छु । बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरु माझ हुन पाउँदा खुसी लागेको छ । नेपाली भाषाको ट्वीटमा उहाँले लुम्बिनीमा हुने कार्यक्रमहरुमा सहभागी हुने पनि बताउनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार