सर्लाहीको रामनगरको अध्यक्षमा २२ वर्षका युवक निर्वाचित

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजाबाबु यादव निर्वाचित हुनुभएको छ । २२ वर्षका उहाँ ४ हजार ८१ मतसहित निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले एक हजार ६३४ र स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ६०७ मत पाउनुभयो ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी गीता देवी तीन हजार ५२३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोशिला साहले दुई हजार ६३७ मत पाउनुभएको छ । त्यस्तै नेकपा एमालेकी निलम यादवले एक हजार ७३७ र लोकतान्त्रिक समाजवादी पार्टीकी वैदेही देवीले ९१७ मत पाउनुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार