एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल भयो : पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा एमालेलाई समाप्त पार्ने सत्ता गठबन्धनको प्रयास पूर्ण रुपमा असफल पारिदिएको बताउनुभएको छ । तर, अपेक्षा गरेजस्तो परिणाम भने प्राप्त नभएको बताउनुभयो ।

दलीय प्रतिस्पर्धा भएको भए देशमा एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित हुने जनमतले प्रकट गरेको उहाँको तर्क छ । निर्वाचनको प्रारम्भिक चरणमै प्रहरी र कर्मचारी खटाउँदै सेटिङ गरेको आरोप पनि महासचिव पोखरेलले लगाउनुभयो ।

परिणाम आएपछि एमालेले टिप्पणी नगरेको रुपमा चर्चा भएको भन्दै उहाँले त्यसको खण्डन गर्नुभयो । मंगलबार आयोजित मदन–आश्रित स्मृति दिवसमा बोल्दै पोखरेलले परिणाम आउनुअघिदेखि नै एमालेले सरकारलाई खबरदारी गरेको बताउनुभयो । उहाँले गठबन्धन दलका कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूमाथि आक्रमण गरेको पनि आरोप लगाउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार