१ मतले कांग्रेसका यादवले वडाध्यक्ष जितेपछि माओवादीका कार्यकर्ताद्धारा प्रदर्शन

राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका-३ को अध्यक्षमा नेपाली कांग्रेसका शिवनारायण यादव १ मत अन्तरले निर्वाचित हुनुभएको छ । ६०० मत ल्याएर साह अध्यक्षमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्दी माओवादीका भुवनेश्वर यादवले ५९९ मत प्राप्त गर्नुभयो ।

१ मत अन्तरले यादव पराजित भएपछि माओवादीका कार्यकर्ताहरुले मतगणनामा धाँधली भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् । निर्वाचन अधिकृको कार्यालय बोदेबर्साइनले मतगणना परिणाम घोषणा गरेपछि मतगणनामा धाँधली भएको आरोप लगाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार