बाबुरामको गृहनगरमा माओवादी केन्द्रको जित

गोरखा । गोरखाको पालुङटार नगरपालिकाको मेयर, उपमेयरमा माओवादी केन्द्रका उमेदवार विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार नवनिर्वाचित मेयर विवश चिन्तन ६ हजार ७२ मत प्राप्त गर्दै निर्वाचित बन्नुभयो।

उपमेयरमा बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मत प्राप्त गर्दै विजयी हुनुभयो । पालुङटार जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने उहाँको गृहपालिकासमेत हो । चिन्तनका प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत ल्याउनुभयो ।

उपमेयरको निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाउनुभयो । पालुङटारमा जसपा र एमालेबीच मेयर, उपमेयरमा एकले अर्कालाई सघाउने गरी चुनावको अन्तिम समयमा तालमेल भएको थियो । चुनावअघि कांग्रेसले मेयरमा जसपा उमेदवारलाई सघाउन निर्देशन दिए पनि स्थानीय असन्तुष्टिका कारण कांग्रेस, जसपाबीचको गठबन्धन सफल हुन सकेन ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पालुङटारको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी भएको थियो । निवर्तमान मेयर दिपकबाबु कडेंल यस पटक ४ हजार ९ सय ९७ मत प्राप्त गरी तेस्रो हुनुभएको । उहाँ कांग्रेस तर्फका उम्मेदवार हुनुहुनछ । एमालेबाट उपप्रमुख उम्मेदवार पार्वती पाठकले ४ हजार २ सय ८१ मत ल्याउनुभएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार