रौतहटको राजपुर नगरपालिकाको मेयरमा अफताब आलमका छोरा राजिक विजयी

रौतहट । रौतहटको राजपुर नगरपालिकाको मेयरमा कांग्रेसका मोहम्मद राजिक आलम विजयी हुनुभएको छ । उहाँ जसपाका मोहम्मद जैद आलमलाई २ हजार ५ सय ७४ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

आलमले ६ हजार ३ सय ३५ मत पाउँदा मोहम्मद जैदले ३ हजार ७ सय ५१ मत पाउनुभयो। राजपुरसँगै कांग्रेसले अहिलेसम्म रौतहटमा दुई पालिका जितेको छ । निर्वाचन अधिकृतको कार्यालय राजपुरका अनुसार उपप्रमुखमा कांग्रेसकै जमिला असगरी ६ हजार २ सय ६८ मत ल्याई विजयी हुनुभयो। असगरीले जसपाका चिन्ताकुमार कलवारलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गर्नुभयो । कलवारले ३ हजार ६ सय २९ मत पाउनुभयो ।

राजिक चिकित्सकसमेतहुनुहुन्छ । उहाँ २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बम बनाइरहेका बेला विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा हालेर ज्यान लिएको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका सांसद मो। अफताब आलमका कान्छा छोरा हुनुहुन्छ । आलमकै विरासत रहेको राजपुरमा राजिकले ‘लोकप्रिय’ मत पाएर जित्नुभएको हो । उहाँको प्रतिस्पर्धामा रहेका मोहम्मद जैद आलमका आफ्नै भान्जा स्वर्गीय मुस्ताक राजाका छोरा हुनुहुन्छ ।

राजिकका काका हजुरबुबा शेख इद्रिसले रौतहटबाट २०४८ र २०५१ को चुनाव जित्नुभएको थियो । २०५३ सालमा उनको मृत्युपछिको उपनिर्वाचनमा अफताब आलम निर्वाचित हुनुभयो । २०६४ र २०७४ को चुनाव जितेका आलम मन्त्री पनि बन्नुभयो । तर फौजदारी मुद्दा चलाइएपछि उहाँ प्रतिनिधिसभा सदस्यबाट निलम्बित हुनुहुन्छ ।निर्वाचन कार्यालयका अनुसार ९ वडा रहेको राजपुरमा कांग्रेसले ४, ६ र ८ नम्बर वडा मात्र जितेको छ । माओवादीले १ र ९, जसपाले ३ र ७ नम्बर वडा जितेको छ । त्यस्तै एकीकृत समाजबादीले २ र एमालेले ५ नम्बर वडा जितेको छ ।ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार