संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन गरेर एमालेलाई हराउनुपर्छ : मोहनविक्रम सिंह

काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाँदा नेकपा एमालेको पहिलो शक्ति बन्ने घोषणा धराशयी भएको बताउनुभएको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै सिंहले पाँच दलीय गठबन्धनको परिणामले महत्व दर्शाउँदै संघ र प्रदेशमा समेत गठबन्धन बनाएर जानुपर्ने बताउनुभएको छ । आगामी संघ र प्रदेशको चुनावसम्म गठबन्धन बनाएर गएमा एमाले हार्ने र प्रतिगमन पराजित सिंहको ठहर छ। पाँच दलीय चुनावी तालमेलको कारणले चुनावमा एमालेलाई धेरै नै धक्का दिन सम्भव भएको छु, सिंहले विज्ञप्तिमा उल्लेख गर्दै भन्नुभएको छ, ‘तर पाँच दलका विभिन्न पक्षहरु मध्ये

कतिपय पक्षहरूद्वारा स्वयम् पाँच दलीय प्रतिवद्धतालाई लागू गर्न अपनाइएको ढुलमुल र अवसरवादी नीतिका कारणले प्रतिगमनका विरुद्ध जति उपलब्धि प्राप्त हुन सक्दथ्यो, त्यो हुन नसकेको कुरा प्रष्ट छ ।’ यदि स्थानीय चुनावको त्यस प्रकारको अनुभवको सही समिक्षा गरेर त्यसमा समयमा नै सुधार नगर्ने हो भने आगामी प्रदेश र संसदीय चुनावमा पनि प्रतिगमनलाई पूरै पराजित गर्न मुश्किल पर्ने सिंहको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार