मुचुल्काको भन्दा बढी मतपत्र फेला परेपछि फतुवा विजयपुरमा मतगणना स्थगित

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काको भन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । बढी मतपत्र फेला परेपछि पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर बिरोध प्रदर्शन गरेका छन् ।

फतुवा विजयपुर नगरपालिका–३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्यांक भन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले बताउनुभयो । निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको निर्वाचन अधिकृत वाग्लेको भनाइ छ ।

नेकपा माओवादीका मेयरका उम्मेदवार अजय तिमल्सिनाले नेपाली कांग्रेसले सेटिङमा धाँधली गरेको आरोप लगाउनुभएको छ । नेकपा एमालेका मेयरका उम्मेदवार विजय यादवले नेपाली काँग्रेसले स्थानीय प्रहरी प्रशासनको आडमा धाँधली गरेको र मेवा गाउँमा पुन: मतदान गर्नुपर्ने माग राख्नुभएको छ । पुनः मतदानको माग गर्दै एमाले र माओवादीका मतगणना स्थलमा रहेका प्रतिनिधिहरू निस्केको माओवादीका मेयरका उम्मेदवार तिमल्सिनाले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार