उपत्यकामा एकैदिन १९१६ सवारी साधन कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यका भित्र ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९१६ जना सवारी चालकलाई कारबाही गरेको छ । मंगलबार काठमाडौंँ उपत्यकामा विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५६ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, तीव्र गतीमा सवारी साधन चलाउने ६१ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६६ जना रहेका छन् ।यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६६ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४६ जना, लेन उल्लंघन गर्ने ३४ जना, रातो बत्तीको उल्लंघन गर्ने २३ जना र क्षमताभन्दा बढी यात्रु राख्ने १९ जना चालकहरू पनि कारबाहीमा परेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार