मंगलाको कार्यपालिका सदस्यमा सबै एमालेका उम्मेदवार विजयी

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी र सरस्वति उपाध्याय निर्वाचित हुनुभएको सहायक निर्वाचिन अधिकृति मनोहर ढुङ्गानाले जानकारी दिनुभएको छ ।

महिला सदस्यमा नेपाली काँग्रेसकी श्रीकला घिमिरे र होममाया बुढाथोकी तथा नेकपा माओवादीका टिकादेवि विश्वकमा र र भेषकुमारी पुन पराजित हुनुभएको छ ।कार्यपालिका सदस्यका लागि काँग्रेस र माओवादीले तालमेल गरि २/२ जना उम्मेदवार उठाएका थिए । निर्वाचनमा नेकपा एमालेलाई १८ मत र गठबन्धनका उम्मेदवारलाई ९/९ मत प्राप्त भएको छ ।

२ जना सदस्य रहने दलित तथा अल्पसंख्यक तर्फ भने नेकपा एमालेका टेक बहादुर किसान र शंकर शेरचन मनोनयन दर्ताकै दिन निर्विरोध निर्वाचित हुनुभएको थियो ।कार्यपालिका निर्वाचनमा एमालेका १८, काँग्रेसका ५ र माओवादीका ४ जना मतदाताले भोट गरेका थिए ।मंगलाको कार्यपालिकामा एमालेले ११ सदस्य सहित बहुमत प्राप्त गरेको छ भने काँग्रेसका १ र माओवादीका १ सदस्य रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार