प्रधान सेनापति असार १३ गते अमेरिका जाने

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा असार १३ गतेदेखि अमेरिका भ्रमणमा जाने हुनुभएको छ । अमेरिकाको औपचारिक निमन्त्रणामा उहाँ अमेरिका जान लागेको सेनाले जनाएको छ। उहाँ असार १७ गतेसम्म अमेरिकामा रहनुहुनेछ।

भ्रमणले नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्वीपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने सेनाको विश्वास छ।अमेरिका भ्रमण सुरू हुनुभन्दा पहिला प्रधान सेनापति शर्मा लेबनान र सिरिया जाने हुनुभएको छ । त्यसका लागि उनी असार ४ गते त्यसतर्फ जाँदैछन्।

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युनएन मिसनहरूको विविध पक्षहरू एवं भावी योजनाबारे जानकारी हासिल गर्ने उद्देश्यका साथ लेबनान र सिरिया जान लागेको सेनाले जनाएको छ। ‘भ्रमणको दौरान, प्रधान सेनापति महारथी शर्मालगायतका भ्रमण टोलीले उक्त मिसनहरूको वस्तुस्थिति, अपरेशनले गतिविधि, फौज तैनाथीको अवस्थालगायत अन्य विविध पक्षहरूका

बारेमा जानकारी लिनु भई उक्त राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नु हुनेछ,’ सेनाले भन्नुभएको छ, ‘यस प्रकारको निरीक्षण भ्रमणबाट द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसलाअभिवृद्धि हुनुको साथै उच्च पदस्थ अधिकारीहरूसँगको भेटघाटबाट द्वीपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार