कन्सर्ट गर्दागर्दै बिरामी परेका भारतीय गायक केकेको निधन

एजेन्सी । भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ) को निधन भएको छ। मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उहाँको उपचारको क्रममा निधन भएको हो।

कोलकताको एक कन्सर्टमा गीत गाउँदागाउँदै उहाँको स्वास्थ्य बिग्रिएको थियो । नजरुल मन्चमा गुरुदास कलेजको एक कार्यक्रममा उहाँले प्रस्तुति दिइरहनुभएको थियो । होटलमा आउनसाथ स्वास्थ्यमा थप समस्या देखिएपछि उहाँलाई कलकत्ताकै मेडिकल रिचर्स इन्चिच्युट अस्पताल लगिएको थियो।

तर, अस्पाताल पुर्‍याउनासाथ चिकित्सकहरूले मृत घोषणा गरेका थिए । भारतीय मिडियाहरुमा आएको रिपोर्टअनुसार उहाँलाई हृदयघात भएको हो । तर, यस विषयमा अहिलेसम्म आधिकारिक जानकारी अस्पतालले दिएको छैन । ५३ वर्षिय गायक केकेले मंगलबारको आफ्नो कार्यक्रमको केही झलक सामाजिक सञ्जालमा समेत सेयर गर्नुभएको थियो।

उहाँले कलकत्ताको नाजरुल मञ्च प्रस्तुती दिनुभएको थियो । केके दुई दिनको कन्सर्टका लागि कोलकाता पुग्नुभएको थियो । केकेको पूरा नाम कृष्ण कुमार कुन्नथ हो । उहाँले हिन्दीमा २ सयभन्दा धेरै गीत गाएका थिए।उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गर्नुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार