एमसीसी र संघीयता खारेज गर्नुपर्छ : दुर्गा पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले एमसीसी खारेज गर्नुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद पौडेलले देशको आर्थिक विकासका लागि विदेशी सहयोग र अनुदान स्वीकार गर्न सकिने तर त्यसो गर्दा देशको स्वतन्त्रता, स्वाधिनता, स्वभिमान र राष्ट्रिय अर्थतन्त्रलाई ख्याल गर्नुपर्ने बताउनुभयो।

‘बृहद राष्ट्रिय हितमा आँच नआउने कुरामा हामीले ध्यान दिनुपर्छ तर एमसीसीबाट देशको राष्ट्रियता, असंलग्न परराष्ट्र नीति र बृहद राष्ट्रिय हितमा समेत गम्भीर आँच पुग्ने भएकाले त्यसलाई खारेज गरेर जानुपर्नेमा जोड दिन्छौ’, उहाँले भन्नुभयो, ‘अन्यथा दुरगामी र दुष्परिणाम हुनेछन् ।’साथै उहाँले मुलुकका लागि संघीयता आर्थिक बोझ भएकाले संघीयता समेत खारेज गर्नुपर्ने धारणा राख्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार