केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै कहिल्यै थिएन : भुसाल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको बताउनुभएको छ । बुधबार राष्ट्रिय सभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सभामा केही सांसदहरुले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै नेकपा एमालेको सरकार २०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरु नभएको स्पष्ट पार्नुभयो । उहाँले मनमोहनको नेतृत्वको बाहेक एमालेका गठबन्धनबिनाका कुनै एकल सरकार नरहेको बताउनुभयो ।‘यहाँ केही साथीहरू भन्नुहुन्छ, केपी ओली नेतृत्वको एमाले सरकार । कहिले थियो इतिहासमा रु इतिहासका पाना पल्टाएँ ।

मैले केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री हुनुभएको थियो । २०७२ सालको असोज २२ गते । २०७३ साउन १९ सम्म हुनुभएको थियो । त्यतिबेलाको सरकार एमाले र माओवादीको संयुक्त सरकार थियो । म सुन्दैछु एमालेको सरकार रे, कसरी दुई वटा पार्टीको सरकार एमालेको हुन्छ रु दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभयो, र २०७८ असार २१ गतेसम्म रहनुभयो । पार्टी एकतापछि नेकपाको सरकार बनेको थियो । यो घामजत्तिकै उज्यालोलाई छेकेर छेकिन्छ र रु केपी ओलीजीले यस्तो गर्नुभएको थियो, केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन, होइन । एमालेको एकल सरकार २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा मात्रै थियो,’ उहाँले भन्नुभयो ।

राष्ट्रिय सभा सदस्य भुसालले सरकारले बजेटमा ल्याएको प्रत्येक वडामा प्राविधिक खटाउने निर्णय र विद्युत्को उपयोग गरेर पेट्रोलियम पदार्थको प्रयोग कटौती गर्छु भन्ने तर विद्युतीय साधनमा महसुल बढाउने निर्णय विरोधाभाष भएको उल्लेख गर्नुभयो । उहाँले गत सालको बजेट तत्कालीन सरकारले संसद्बाहिर प्रस्तुत गर्दै संवैधानिक प्रणालीमा अवरोध गरेको आरोपसमेत लगाउनुभयो । सरकारले प्रस्तुत गरेको बजेट गन्तव्य समातेको बजेट भएको समेत भुसालको भनाई छ । अहिलेको बजेटलाई गलत भन्नु दृष्टिकोणहीन भएर गरिएको टिप्पणी भएको उहाँले बताउनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार