पूर्वाधारको विकास मात्र होइन मानसिकता परिवर्तन पनि आवश्यक : चाँदतारा कुमारी

काठमाडौँ । सांसद चाँदतारा कुमारीले देश विकासका लागि मानसिकता पनि परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले

सडकसहित भौतिक पूर्वाधारको विकास गरेर मात्र देशको उन्नति नहुने भन्दै यसका लागि मानसिकता पनि परिवर्तन आवश्यक रहेको बताउनुभयो। गरिबी कार्ड बनाएर उनीहरुलाई सुविधा उपलब्ध गराउनुपर्ने जानकारी दिँदै उनले गरिबी नियन्त्रण गर्ने जिम्मा गरिबी मन्त्रालययमार्फत गरिनुपर्ने सुझाव दिनुभयो । देशमा परिवर्तन नै नभएको भन्ने होइन भन्दै आफू मुस्लिम समुदायबाट संसदमा आउनु पनि परिवर्तन भएको उहाँको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार