कैलालीका एक थुनुवा हत्कडीसहित फरार

कैलाली । इलाका प्रहरी कार्यालय सुखड कैलालीका एक थुनुवा हत्कडीसहित फरार भएका छन् । जेठ १८ गते अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । उनलाई सुखडको घोडाघोडी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

साडेपानीका पाण्डेय र प्रकाश शाहलाई जेठ १४ गते लागुऔषध कारोबारको मुद्दामा प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । दुवैजनालाई मेडिकल जाँचका लागि स्थानीय घोडाघोडी अस्पताल लगिएको थियो । अस्पतालबाट फर्कने क्रममा पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद जोशीले जानकारी दिनुभयो ।

‘दुबै जनालाई एक हत्कडी लगाइएको थियो’ प्रहरी नायव उपरिक्षक जोशीले भन्नुभयो– ‘प्रकाशको पनि हातबाट हत्कडी फुत्किएको थियो, कृष्ण भने हत्कडीसहित भागेका हुन् ।’ दुबै जनालाई म्याद थप गरी ईलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भैरहेको थियो । फरार पाण्डेको खोजी भैरहेको प्रहरी नायव उपरिक्षक जोशीले जानकारी दिनुभयो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार