स्वतन्त्र उम्मेदवारी दिएर गाउँपालिका अध्यक्ष जितेका केसीले प्रचण्डलाई भेटेर भने : माओवादीमै छु

काठमाडौं । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका मोहनबहादुर केसीले आफू माओवादी केन्द्रमै रहेको बताउनुभएको छ ।

स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएर चुनाव लडेका उनी अध्यक्ष पदमा विजयी हुनुभएको थियो । उहाँले माओवादीका आधिकारिक उम्मेदवार डम्बर बहादुर शाहीलाई ४८५ मत अन्तरले हराउनुभएको थियो । केसी आज बिहान माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटवार्ता गर्नुभएको छ ।

भेटमा उनले आफू माओवादी केन्द्रमै रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । केसीलाई माओवादी अध्यक्ष प्रचण्डले खादा लगाइदिएर बधाईसमेत दिनुभएको थियो ।उहाँ माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष तथा मेयर र उमपेयरमा विजयी भएकाहरुका लागि काठमाडौंमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी पनि हुनुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार