बाल संजाल परिचालन सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बाल संजाल परिचालन सम्बन्धी एक दिने प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सामाजिक विकास कार्यालयको आयोजनामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । जिल्ला बाल संजाल म्याग्दी उपाध्यक्ष सुमन विश्वकर्माको अध्यक्षता र सचिव विक्की सुवेदीको संचालनमा भएको अन्तरक्रिया कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले बालबालिकाको क्षमता विकास र भविष्यमा रोजगारी सुरक्षित गर्ने सिप विकास गराउने कार्यक्रमलाई नगरपालिकाले आगामी बजेटमा समावेश गर्ने बताउनुभयो ।

मेयर केसीले बालमैत्री स्थानीय शासन कायम गराउने सूचक कार्यान्वयनमा गर्नुपर्ने काम र ब्यवहारिक शिक्षाको विकास गर्न नगरबासीको सुझावअनुसार अघि बढ्ने बताउनुभयो ।गाउँपालिका शिक्षा शाखाका कर्मचारी र विभिन्न विद्यालयका सहभागि विद्यार्थीहरुलाई एक दिने प्रशिक्षण कार्यक्रममा प्रमुख सेनानी केशव शिलवालले बालबालिकाको नेतृत्व विकास सम्वन्धी, सामाजिक विकास कार्यालय प्रमुख रमेश थापाले लैङ्गिक विेभदमा बालबालिकाको भूमिका र बालमैत्री स्थानीय शासन सम्वन्धी प्रशिक्षण गराउनुभएको थियो ।

भने, बेनी सामुदायिक विद्यालयका प्रअ दिपक श्रेष्ठले बालबालिकाको अधिकार तथा विद्यालय प्रशासन ब्यवस्थापन र शिक्षक राम पौडेलले सामाजिक कुरिती र न्यूनिकरण सम्वन्धी प्रशिक्षण गर्नुभएको थियो ।विभिन्न विद्यालयबाट सहभागि विद्यार्थीहरुबिच जिल्ला स्तरीय बाल भेलाले पारित गरेको बालबालिकाको अधिकार सम्वन्धी ११ बुदे घोषणको जानकारी तथा कार्यान्वयन अवस्थाबारे अन्तरक्रियामा छलफल गरिएको थियो ।

बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकाल, रघुगंगाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी, मालिकाका शिक्षा अधिकृत अशोक रिजाल, मंगला शिक्षा शाखा संयोजक राजेन्द्र आचार्य, अन्नपूर्णका प्राविधिक सहायक मेगबहादु खत्रीले पालिकामा बालमैत्री स्थानीय शासन कार्यान्वयन र उपलब्धी प्रस्तुत गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा बाल संजालमा आवद्ध विभिन्न विद्यालयका विद्यार्थीहरुले लागु औषधी सम्वन्धी जनचेतनामूलक नाटक लगायतको प्रतिभा अन्तरक्रियामा देखाउनुभएको थियो ।सामाजिक विकास कार्यालयले बालमैत्री स्थानीय शासन सम्वन्धी न्युनतम ५१ सूचकको प्रभावकारी रुपमा कार्यान्वयनका लागि पालिकास्तर शिक्षक, विद्यार्थी कर्मचारी लगायतको उपस्थितमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार