लोसपा नेताहरूलाई उपेन्द्रको प्रस्ताव : आउनुस्, मिलेर काम गरौं

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टी (जसपा)का नेताहरूलाई एकतामा आउन आह्वान गर्नुभएको छ ।

विगतको समिक्षा गरी पुनः मिलेर काम गर्न सकिने उहाँले बताउनुभयो । पार्टीको बैठकमा सहभागी हुन जनकपुरधाम जानुभएका यादव संक्षिप्त कुराकानी गर्दै विगतको कदमलाई सच्याएर समिक्षा गर्दै पुनः मिल्न सकिने बताउनुभयो । ‘महन्थ ठाकुरजी जसपाबाट किन अलग हुनुभयो रु कुन लक्ष्य प्राप्तिका लागि पार्टी फोड्नुभयो ? कसको हितका लागि पार्टी फोड्नुभयो ?’ उहाँले भन्नुभयो, ‘उहाँहरूलाई केही भेटिएन ।

मात्रै मधेशलाई नोक्सान भयो, जनतालाई नोक्सान भयो । त्यसलाई समीक्षा गर्दै सच्याउँदै आउनुस्, सँगै मिलेर काम गरौं ।’प्रधानमन्त्रीले दुई वटा मन्त्रालय दिएर जसपालाई सरकारमा ल्याउन खोजेको चर्चा छ नि भन्ने प्रश्नमा उहाँले यसमा सत्यता नभएको बताउनुभएको छ । कम्तिमा आगामी चुनावसम्म पाँचदलीय गठबन्धन कायम रहने समेत उहाँले बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार