सञ्चार मन्त्रालयलाई गोकुल बास्कोटाको सुझाव : दारु शिविर चलाए हुन्छ

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई घुम्ति शिविरलाई परिवर्तन गरी दारु शिविर चलाउन सुझाव दिनुभएको छ ।

बुधबार प्रतिनिधिसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक बर्षका लागि विनियोजित वजेटमाथिको छलफलमा भाग लिँदै पूर्व संचारमन्त्री समेत रहेका सांसद बास्कोटाले यस्तो सुझाव दिनुभएको हो ।

‘सञ्चार मन्त्रालयको घुम्ती शिविर छ । बरु दारु शिविर राखे हुन्छ । प्रष्ट छ कुरा’ उहाँले थप्नुभयो, ‘के आखाँको घुम्ती शिविर रु स्वास्थ्य मन्त्रालयको भए पनि हुन्थ्यो । कानको ? के को निम्ति हो ? मैले केही पनि बुझ्न सकेको छैन ।’

अर्थ मन्त्रीले सरकारी कार्यालयका लागि सवारी खरिद नगर्ने घोषणा गरेको छर, सञ्चार मन्त्रालयको विनियोजित वजेटमा भने मोटरसाइकल र स्कुटर खरिद गर्ने उल्लेख रहेको भन्दै उनले कुन चाहीँ झुट हो ?भनी प्रश्न गर्नुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार