गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटर ब्याज असुलीमा संलग्न छन् : सांसद सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटर ब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाउनुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथि खर्च कटौतिको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले कतिपय पदाधिकारीहरुले स्वकीय सचिव र भान्सेसमेत आफन्त राखेर मिटर ब्याजीको रकम गोजीमा राखेको पनि विभिन्न समाचारमाध्याममा आइरहेको भन्दै आपत्ति जनाउनुभयो ।सांसद सुवालले मिटर ब्याज नियन्त्रण गर्ने सरकारको बजेट वक्तव्यमा उल्लेख भएपनि कानुन हातमा लिन सक्नेहरुनै यसको नियन्त्रणमा बाधक देखिएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बजेट वक्तव्यमा मिटर व्याज नियन्त्रण गर्ने उल्लेख छ ।

तर गृह प्रशासनका हाकिमहरूका श्रीमती, आफन्त र सल्लाहकारहरु मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको कतिपय पदाधिकारीहरुले आफन्तहरूलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ । यस्ता गलत काम त कानुन हात लिन सक्नेहरुले गरेको देखियो नि ।’ सांसद सुवालले मुलुकलाई ऋणमा डुबाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको पनि दोहोर्याउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार