विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न नेविसंघको माग

काठमाडौँ । नेपाल विद्यार्थी संघले विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न माग गरेको छ । नेविसंघले आज बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमा सरकारले बितरण गर्न लागेको बैकल्पिक चुलो दुरदराजबाट काठमाडौंमा शिक्षा हासिल गर्न आएका विद्यार्थीलाई पनि सहज रुपमा बितरण गरियोस भनि ज्ञापनपत्र बुझाउनुभएको छ । केन्द्रका प्राविधिक निर्देशक डा नारायण प्रसाद अधिकारीलाई नेविसंघका अध्यक्षद्वय डोजाङ सेर्पाले कार्यालयको प्राङ्गणमा ज्ञापन पत्र बुझाउनुभएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार