पार्टी प्रवेश गर्ने मेरो कुनै योजना छैन : मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू कुनै पार्टी प्रवेशको तयारीमा नरहेको बताउनुभएको छ ।

विभिन्न सञ्चार माध्यममा मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेको समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्दै उहाँले सम्मिलन, एकीकरण र ध्रुवीकरणमा आफ्नो चासो रहेपनि पार्टी नै प्रवेश गर्ने योजना नरहेको बताउनुभयो । ‘देशलाई शिरमा राख्ने र नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको यो देशमा सख्त अभाव छ। देशको एउटा प्रमुख पार्टीको ‘विकृत वामपन्थीकरण’ भएपछि नेपाली राजनीतिमा त्यो ‘स्पेस’ पुरै खाली छ।’

उहाँले भन्नुभएको छ -‘जतिसुकै विकसित भए पनि हरेक देशमा अर्थ-राजनीतिक रूपमा ‘कल्याणकारी एजेण्डा’ बोकेका तर राजनीतिक-सामाजिकरूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’लाई सशक्तरूपमा प्रतिनिधित्व गर्ने पार्टी हुन्छ। नेपालमा अहिले त्यस्तो पार्टी छैन।’आफू एक्लै कतै जोडिएर सशक्त शक्ति निर्माण हुने सम्भावना नरहेकोले तत्काल कुनै राजनीतिक योजनामा आफू नरहेको मिश्रको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार