एसपीपीको सत्य-तथ्य सरकारले बाहिर ल्याउनुपर्छ : लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छानबिन गर्नुपर्ने र सत्य कुरा सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ । कसको सरकारको पालामा के–के भयो भन्ने सबै कुरा वर्तमान सरकारले सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ ।

आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता लेखकले भन्नुभयो, ‘हिजोमात्रै अमेरिकी दूतावासले सन् २०१५ र २०१७ मा नेपालले आग्रह गरेको र सन् २०१९ मा स्विकृत भएको भन्ने कुरा बाहिर ल्याएको छ । नेपाली सेनाले यसमा संलग्न नभएको कुरा स्पष्ट पारेको छ ।

एसपीपी २०१९ मा यो स्विकार भएको हो भने, त्यो बोलामा पनि सरकार थियो होला, कसको पालामा के भएको हो रु’ उहाँले थप्नुभयो, ‘अहिलेको सरकारले छानबिन गर्नुपर्छ । २०१९ मा स्विकार भएको हो भने के(के पत्राचार भएको थियो रु यो कुरा सार्वजनिक गर्नुपर्छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको क्रममा एसपीपीबारे सम्झौता गरिँदैछ भनेर गरिएको चर्चा असत्य रहेको पनि उहाँले बताउनुभयो ।

नेता लेखकले संसद्मा बजेट बनाउँदा अवाञ्छित गतिविधि भए भन्ने कुरा उठेको भए पनि प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गर्नु र अर्थमन्त्रीलाई संसद्मा जवाफ दिन अवरोध गर्नु गलत भएको टिप्पणी गर्नुभयो । त्यस्तै, पार्टीको महाधिवेशन भएको ६ महिना पुग्न लागेको भन्दै यही असार १० गतेबाट विभिन्न विभाग गठनको थालनी गरिने पनि उहाँले बताउनुभयो । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार