राष्ट्रघात गर्ने नेतालाई जेल हाल्नुपर्छ : सांसद किराँती

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले राष्ट्रघात गर्ने जुनसुकै नेता भएपनि उनीहरुलाई जेल हाल्नुपर्ने बताउनुभएको छ । उहाँले एसपीपी प्रकरणमा नेपाली सेना र अमेरिकी दूतावासको विज्ञप्तिमा विरोधाभाष देखिएको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभएको छ ।

शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा एसपीपीबारे सरोकारवालाहरुको छलफलमा सांसद किराँतीले भन्नुभयो, ‘नेपालको परराष्ट्र नीति अनुसार चल्नुपर्यो, राष्ट्रघात गर्ने जो कसै नेतालाई जेल हाल्नुपर्यो ।’

उहाँले एसपीपी प्रकरणमा नेपाली सेनाले निकालेको विज्ञप्ति र अमेरिकी दुतावासले निकालेको विज्ञप्तिमा किन विरोधाभाष भएको पनि बताउनुभयो। छलफलमा बोल्दै उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित हुनुपर्ने धारणा समेत राख्नुभएको छ । ‘प्रधानमन्त्री अमेरिकाको नीजि भ्रमण हैन, सरकारी भ्रमण हो भने एजेन्डा के के हुन् ? चुनावको बेला हुन लागेकोले यसलाई स्थगित गरियोस्’सांसद किराँतीको माग छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार