पिताको वार्षिक पुण्य तिथिको अवसरमा विद्यालयलाई शैक्षिक पोशाक वितरण

बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना आधारभुत विद्यालयमा अध्ययनरत १३ विद्यार्थीलाई रू १० हजार बराबरको पोशाक वितरण गर्नुभएको हो ।

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा स्वर्गीय गौतमले प्राथमिकतहसम्मको शिक्षा लिएको विद्यालयमा छोरामार्फत निरन्तर प्राप्त सहयोगले सहज भएको प्रधानाध्यापक टेकनाथ शर्माले बताउनुभयो । यसअगाडी समेत पत्रकार गौतमार्फत सम्पूर्ण बालबालिकालाई आवश्यक पर्ने स्टेशनरी सहित शैक्षिक साम्रागी सहयोग र गैरसरकारी संस्थामार्फत पुस्तकालय कार्यक्रम समेत प्राप्त भएको प्रअ शर्माको भनाई थियो ।

स्वर्गीय बालकृष्ण गौतम साविकको पूलाचौर गाविस वडा नं १ मा बि।स २००६ साल चैत्र २९ गते जन्मिनुभएको थियो । कार्यक्रममा विब्यस अध्यक्ष तेजप्रकाश बानियाँ, शिक्षक अभिभावक संघ अध्यक्षका अध्यक्ष कर्णबहादुर बानियाँले सन्तानमार्फत स्वर्गीय पिताको सम्झनामा प्राप्त सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार