युवा संघको माग : कि रोजगारी दे कि पासपोर्ट दे !

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणमा भइरहेको ढिलासुस्ती र लापरबाही सच्याउन राहदानी विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ । संघले आइतबार विभागमा पुगेर भइरहेको लापरबाहीप्रति आपत्ति जनाउँदै सुधारका लागि ज्ञापन पत्र बुझाएको हो ।

‘प्रणालीले काम नगर्ने, सर्भर डाउन हुनु तर बिचौलियाहरूको सक्रियता बढ्नु भनेको एक योजनाबद्ध अपराध र भ्रष्टाचार नै हो भन्ने हाम्रो ठहर हो’, संघका अध्यक्ष किरण पौडेलले भन्नुभयो, ‘राहदानी विभाग बिचौलियाको चङ्गुलमा फसेको धेरै गुनासो र उजुरीहरू प्राप्त भइरहेका छन् ।’उहाँले अर्जेन्ट पासपोर्ट दिने भनी अतिरिक्त शुल्क लिएर ३ दिनभित्र प्रदान गर्ने भने पनि हप्ता दिन लगाइदिने तर बिचौलियाबाट गएमा तोकिएकै समयमा हुने गरेको देखिएको बताउनुभयो ।

साथै उपत्यकाबाहिरका जिल्लाहरूमा सेवा विस्तार गरे पनि अन्ततः सेवाग्राहीहरू काठमाडौँ नै धाइरहनुपर्ने बाध्यता किन र कसरी सिर्जना भइरहेको संघले जनाएको छ । ‘उपयुक्त द्रुत, प्रभावकारी सर्भर प्रयोग गरी जनताले सहजरुपमा घरबाटै अनलाइन फर्म भर्न सक्ने वातावरण बनाउँदै अनलाइन फारम भर्नको लागि नै घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न माग गर्दछौँ’,

संघले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘राहदानी विभाग जस्तो संवेदनशील सेवाग्राहीको अधिक चाप हुने सरकारी कार्यालयलाई सातै दिन सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न माग गर्दछौँ ।’ साथै बाहिरी जिल्लाबाट सुरु गरिएको सेवा प्रभावकारी बनाउन पहल गर्नुपर्ने, बिचौलियाहरूलाई आजैदेखि निषेध गर्नुपर्ने, दैनिक सर्भरमा देखिने समस्या समाधान हुनुपर्ने, बिना लाइन ९भिडभाड०, मुस्कान सहितको सेवा प्रदान गर्नुपर्ने माग अघि सारेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार