माओवादी केन्द्रको बैठक आजलाई सकियो, भोलि ११ बजे बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजलाई सकिएको छ। माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो।

भोलि ११ बजेदेखि बस्ने गरी बैठक सकिएको जनाइएको छ । आजको बैठकमा सहिदहरूलाई श्रद्धाञ्जली अर्पण, थपिएका केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएका छन् ।

यस्तै अर्को प्रस्तावित कार्यसूचीअनुसार प्रदेश समितिका अध्यक्ष तथा इन्चार्जहरूले प्रदेशको रिपोर्ट प्रस्तुत गर्ने क्रम सुरु भएको छ । आज बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री र उपत्यका विशेष प्रदेशका अध्यक्ष जगत सिम्खडाले आफ्नो प्रदेशका रिपोर्टहरू प्रस्तुत गरेका थिए । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार