सफलले बदनाम गरे : चालिसे

काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताउनुभएको छ ।

सफलले आइतबार बिहान गौतम निकटका चालिसेले कृष्णगोपाल बञ्जरालाई भेटेर सुरक्षा थ्रेटसहित अपहरण गर्नेसम्मको धम्की दिएको बताउनुभएको थियो । तर चालिसेले सफलको दावीमा सत्यता नभएको भन्दै त्यस्तो धम्की आफुले नदिएको प्रतिकृया दिनुभयो ।

‘उहाँले लगाएको आरोपमा कुनै सत्यता छैन, यसमा बदनाम गर्ने आशयमात्रै देखिन्छ’, चालिसेले भन्नुभयो, ‘त्यस्तो सुरक्षा थ्रेट दिने काम पनि भएको छैन ।’ यता सफल समूहका कृष्णगोपाल बञ्जराले यस विषयमा केही नबोल्ने बताउनुभयो । ‘यो समाचारको विषय नै होइन’, वञ्जराको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार