किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान रोप्नेको उस्तै व्यस्तता । जिल्लाको अधिकांश ठाउँका किसानलाई धान रोप्न भ्याइनभ्याइ छ ।कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ।

यस बर्ष समयमै पर्याप्त बर्षात नहुँदा धान रोपाइँ प्रभावित भएको बेनी नगरपालिका–९ ,तोरीपानि स्थित ब्याडाका बिष्णु बिकले बताउनुभयो । गौरीया, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ। वार्षिक चार हजार मेट्रिक्टन धान उत्पादन हुने तथ्याङ्क छ। उच्च पहाडी क्षेत्रमा भिरालो जमिन र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेति हुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार