अपर सोलू हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

काठमाडौँ । आजदेखि अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर (आईपीओ) बिक्री खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित साढे १९ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो ।

धितोपत्र बोर्डका अनुसार कम्पनीको १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता सेयर बिक्री खुलेको हो । यसमध्ये, कर्मचारीका लागि ३९ हजार १५० कित्ता सेयर छुट्याइएको छ । यस्तै, ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।

खासगरी, कम्पनीले आफ्नो जारी चुक्ता पूँजी १ अर्ब ३५ करोडको २४.५ प्रतिशत सेयर जारी गर्ने छ । यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार