सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते

सिरहाको सिरहा नगरपालिका–१२ मा स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस बिहीबार बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार