लिया पुन बनिन् मिस एसईई २०२२ पोखरा विजेता

म्याग्दी । मिस एसईई–२०२२ को उपाधि लिया पुनले जितेकी छन्। शनिबार इभेन्ट्स फर यु संस्थाले पोखरामा आयोजना गरेको  मिस एसईई–२०२२ प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानी कोटगाउँकी लिया पुनले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।

बिजेता पुनले मिस एसईईको उपाधिसहित नगद पाँच हजार, एउटा स्कुटरका साथै विभिन्न आकर्षक गिफ्ट हृयाम्पर प्राप्त गरेकी छन् । उनले बाहिरी गतिविधिमा ४०% र भित्र प्रतियोगितामा ६०% अंक प्राप्त गरेको बिना पुनले जानकारी गर्नु भयो। मिस एसईई घोषित हुनुअघि उनले व्यक्तिगत स्पर्धातर्फ मिस फोटोजेनिक र मिस ट्यालेन्टको उपाधी समेत पाएकी थिईन्।

बेनीको वेष्ट प्वाइन्ट आवासीय माविबाट एसइई परिक्षा दिएकी पुनले  नेपाल डिस्ट्रीक गट ट्यालेन्ट २०२१ को बिजेता समेत रहेकी थिईन्। नृत्य प्रतियोगिताहरुमा भाग लिँदै आएकी कलाकार पुनले म्युजिक भिडियोहरुमा समेत अभिनय गर्न थालिसकेकी छन्। दुर्गम गाउँ बस्तीमा जन्मिएर पनि कलाकारिता मार्फत आफ्नो क्षमता प्रदर्शन गरेर सानै उमेरमा आफ्नो प्रतिष्ठा र गाउँको नाम चिनाउन सफल भएकी छन्। बाबा टकबहादर पुन र आमा बिना पुनको कोखबाट विक्रम संवत् २०६४ सालमा जन्मनु भएकी पुन बाल्याकाल देखी बिभिन्न समाजिक कार्यका समेत सक्रिय रहदै आएकी छन्।

हरेक बर्ष एसईई दिएर बसेका छात्राहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्ने गरिएको इभेन्ट्स फर यू संस्थाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार