दरबाङमा युवा क्लबद्धारा वृक्षरोपण (तस्बिरहरू)

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा वृक्षरोपण गरिएको छ । जेपिसी युवा क्लबकाे आयोजनामा क्लबमा आवद्ध युवाहरुले खेलमैदान र बजार संरक्षणका लागि विभिन्न प्रकारका फलफुल तथा फुलका विरुवा रोपेका हुन् । खेलमैदानको वरिपरीको क्षेत्रमा विरुवा रोपिएको क्लबका सदस्य मिलन सुवेदीले जानकारी दिनुभयो ।

‘हाम्रो दरबाङ,राम्रो दरबाङ’ अभियान अन्तर्गत म्याग्दी नदी कटानको जोखिममा रहेको खेलमैदान ,विद्यालय सहित बजार संरक्षणका लागि वृक्षरोपण गरिएको क्लब अध्यक्ष कुशल छन्त्यालले बताउनुभयो । उक्त बेर्ना गाउँपालिकाले उपलब्ध गराएको हो ।खेलमैदान संरक्षणका लागि साथै सोही अवसरमा भगवती मन्दिर परिसर समेत सरसफाई गरिएको छ । सोही क्लबको नेतृत्वमा यसअघि धाडखर्कदेखि दरबाङ बजार सम्म सडक मर्मत गरिएको थियो । उक्त सडक मर्मतमा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले समेत श्रमदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार