म्याग्दीका सुवेदी सम्मानित

  म्याग्दी न्युज संवाददाता

बेनी । जर्ज जोन शिक्षा प्रतिष्ठानले दुर्गम र हिमाली जिल्लामा अवस्थित म्याग्दी बहुमुखी सामुदायीक क्याम्पसको गुणस्तर सुधारमा अतुलनीय योगदान गरे वापत म्याग्दी बहुमुखी क्याम्पसका निवर्तमान संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदीलाइ सम्मान गरेको छ । सुवेदी अध्यक्ष रहँदा म्याग्दी क्याम्पसले गुणस्तर उन्नयन मापन (क्युएए) प्राप्त गरेका थियो ।

प्रतिष्ठानले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याए वापत म्याग्दीका सुवेदी बाहेक पिएन क्याम्पसमा गुणस्तरीय ब्यवस्थापनमा नेतृत्वदायी भुमिका खेलेका प्रा.डा. मीन पुन (म्याग्दी), अनुसन्धानमा योगदान पुर्याएका तथ्याङ्कशास्त्री प्रा.डा. विकास केसी (पर्वत), सामुदायीक विधालयको ब्यवस्थापनमा योगदान दिने टिकाबहादुर कार्की, शैक्षिक अभियन्ता हुतराज शर्मा र कर्तब्यनिष्ठ शिक्षाकर्मी मनसुवा थापालाइ पनि सम्मान गरियो ।

प्रतिष्ठानको २४ औं वार्षिकोत्सवको अवसरमा शनिवार पोखरामा आयोजित एक कार्यक्रमका विच प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रीन्सिपल सर जर्ज जोन, डा.एलिआमा जोन तथा प्रतिष्ठानका अध्यक्ष प्रा.डा.गेहेन्द्रेश्वर कोइरालाले संयुक्त रूपमा प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। पृथ्वी नारायण वहुमुखी क्यापसका संस्थापक जोर्ज जोनको नाममा विस २०५२ सालमा प्रतिष्ठान स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार