परिवर्तन युवा क्लबद्धारा सडक मर्मत (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरिबोट स्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत गरिएको छ । वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सा सम्म सडक मर्मत गरिएको क्लबका सचिव मदन पुनले जानकारी दिनुभयो ।

अविरल बर्षात संगै आएको पहिरोले गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा कार्यालय जोड्ने सडक भत्काएपछि यातायात अवरुद्ध भएको थियो । उहाँका अनुसार,क्लबको नेतृत्वमा शनिबार करिब दुई किलोमिटर सडक मर्मत गरिएको छ । क्लबमा आवद्ध युवाहरु सहित सामाजिक अगुवाहरुले समेत श्रमदान गरेका हुन् । सडक अवरुद्ध हुँदा वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राही सहित ढुवानीमा समेत समस्या भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार