मगर समुदायको कलासंस्कृति लोप हुने अवस्थामा पुग्योः मन्त्री थापामगर

  म्याग्दी न्युज संवाददाता

पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भु–संरक्षणमन्त्री दिपक थापा मगरले पछिल्लो समय मगर समुदायको कलासंस्कृति लोप हुने अवस्थामा पुगेको बताउनु  भएको हो ।

शनिबार नेपाल मगर पत्रकार संघ कास्कीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वनमन्त्री थापामगरले पछिल्लो समय मगरहरुको कलासंस्कृति लोपउन्मुख अवस्थामा पुग्न थालेको अभिव्यक्ति दिएका हुन् । उहाँले कला तथा संस्कृति मगर समुदायको सम्पत्ती भएको बताउदै संरक्षणको आवश्यकता रहेको बताए ।

‘पछिल्लो समय मगरहरुको भाषा कम प्रयोग हुदै गएको छ जसको कारण भाषा लोपउन्मुख छ, कलासंस्कृतिमा विकृति आउँदै यसको संरक्षणमा उचित ध्यान नपुग्दा भाषा, कलासंस्कृति लोपउन्मुख अवस्थामा पुगेको छ, उहाँले भने, ‘यसको संरक्षणमा सबैका ध्यान जान जरुरी छ ।’

उहाँले आदिवासीहरुको भाषाहरुलाई उचित प्राथमिकता नदिदा आदिवासीहरुको भाषा कला संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै मन्त्री थापा मगरले राज्यसँग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे । ‘मौलिक कलासंस्कृति भनेको के हो , मन्त्री थापामगरले प्रश्न गरे, ‘मौलिक खेल भनेको केहो सबै संकटमा छन् त्यसैले भाषाको संरक्षणसँगै कलासंस्कृति केहो भनेर युवापुस्तामा सिकाउन र पुस्तातरण गर्न आवश्यक रहेको छ ।’

उनले आदिवासीहरुको मौलिक खेल समेत ओझेलमा परेको धारणा राखे । ‘आदिवासीहरुको मौलिक खेल अहिले संकटमा छ, उनले भने, ‘उनीहरुको मौलिक खेलहरु अहिले केही मात्र देख्न सकिन्छ तर प्राय खेलहरु लोपउन्मुख भएकाले यसको संरक्षणमा विशेष योजना राज्यको हुन आवश्यक छ ।’

यसैगरि अधिवक्ता शुरेन्द्र थापा मगरले पछिल्लो समय मगर युवाहरु पत्रकारितामा आर्कषण भएपनि उनीहरुलाई तालिम तथा गोष्ठीहरुको आवश्यक रहेको बताउनु  भयो । ‘मगर समुदायको पनि पत्रकारिता तथा संचारक्षेत्रमा आर्कषण छ तर उचित किसिमको तालिम, परामर्शहरुको आवश्यक छ, उनले भने, ‘मगर तथा आदिवासीहरुको मुद्धामा अरुले सहि सुचना दिन नसक्दा उनीहरुले उठाएका मुद्धाहरुले स्थान नपाएको हो ।’

दक्ष जनशक्ति निर्माण गर्न उनले सबैलाई उचित किसिमको तालिम तथा परामर्शहरुको आवश्यक रहेको बताउदै यथाशिघ्र सञ्चालन गर्न सुझाव दिएका थिए ।

नवनिर्वाचित टिमको पदस्थापन

नेपाल मगर पत्रकार संघ कास्कीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शनिबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका निर्वतमान अध्यक्ष एमबी आस्था मगर, नेपाल मगर पत्रकार संघका केन्द्रिय सचिव तथा अधिवक्ता मनोज घर्ति मगर र अधिवक्ता शुरेन्द्र थापा मगरले पदस्थापन गराए।

सो कार्यक्रममा नेपाल मगर संघ चाउथे इकाई समिति तथा कौरा समुहलाई सम्मान गरिएको थियो। दोस्रो जिल्ला अधिवेशनले विनु थापा मगरको अध्यक्षतामा १३ सदस्य कायसमिति चयन गरेको थियो। समितिको उपाध्यक्षमा सुरज थापा मगर, सचिवमा प्रविन थापा मगर, सहसचिवमा बल बहादुर रोका मगर, कोषााध्यक्षमा श्याम राना मगर, सहकोषाध्यक्षमा आशा मगर चयन भएका थिए। सदस्यहरमा बिकाश रोका मगर, जुना थापा मगर, सिजन थापा मगर, गिता राना मगर चयन भएका थिए। गण्डकन्यूजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार