बाल अभियान्ता प्रेन्सा रेग्मीलाई मोना यूएईको सम्मान

  म्याग्दी न्युज संवाददाता

बेनी,। म्याग्दीकी प्रतिभाशाली बाल अभियान्ता प्रिन्सा रेग्मीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले सम्मान गरेको छ । ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२’ का लागि बिश्वबाट १०० बाल प्रोडिजीमा छनोट भएकी मंगला गाउँपालिका–१ पुर्णगाउँकी रेग्मीलाई मोनाले सम्मान गरेको हो ।

जिल्लाको विकट गाउँमा जन्मिएर बाल अभियान्तामा फरक पहिचान बनाउन सफल रेग्मीलाई मोना यूएईका अध्यक्ष सुवास राम्जालीले सम्मानपत्र, दोसल्लाले सम्मान गरेका थिए ।

सोही अवसरमा बाल अभियान्ता रेग्मीले म्याग्दीलाई विश्वमा चिनाउने अभियानमा आफ्नो पनि साथ र सहयोग रहने बताईन् । ‘मैले आफ्नो माध्यमबाट पनि सक्ने सहयोग गर्छु,‘सबै मिलेर म्याग्दीलाई चिनाउँ’ अभियान्ता रेग्मीले भनिन् ।‘कोरोना म’हामा’रीमा मास्क अभियान,फुड बैंक,बुक बैंक,सरसफाइ अभियान,१६ बर्ष मुनिका बालबालिकालाई मद्यपान,धूम्रपान सेवन नगर्न र बिक्रीबितरण नगर्ने अभियान, लगायत अभियानबाट चर्चामा आएकी हुन् ।

मोना यूएईका अध्यक्ष राम्जालीले जिल्लाको पहिचान राख्न र आफ्नो प्रतिभालाई प्रस्तुत गरेको भन्दै अभियान्ता रेग्मीलाई धन्यवाद दिएका थिए । मोना युएईका अध्यक्ष सुवास राम्जालीको अध्यक्षता, महासचिव काजीमान बुढाथोकी मगरको सञलन र सचिव नर छन्त्यालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार