कुहुँको दिपशिखा माविको अध्यक्षमा रविन पुन चयन 

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ ,कुहुँस्थित दिपशिखा माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा रीप्रसाद (रविन) पुन चयन हुनु भएको छ । आइतबार आयोजित विद्यालयका अभिभावक भेलाले आगामी ३ वर्षका लागि पुनलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो।

नयाँ कार्यसमिति सदस्यहरुमा लिलन पुन, टकदेवी फगामी, पार्वती रामजाली, पञ्च बहादुर रामजाली, सुन्तली बिक, संगिता किसान, धन बहादुर जिसी र सदस्य सचिवमा डा. नन्द बहादुर खत्री रहेका छन् । समितिमा पदेन सदस्यका रुपमा वडाअध्यक्ष, सदस्य सचिवमा विद्यालयका प्रअ र एकजना शिक्षक प्रतिनिधि सदस्य रहने व्यवस्था रहेको छ।

विद्यालयको गुणस्तरिय शिक्षा अभिबृद्धि गर्न र विद्यार्थीहरुको सङख्या समेत बढाउने तर्फ आफुहरु लाग्ने नवनिर्वाचित अध्यक्ष पुनले बताउनु भयो । उहाले शैक्षिक, भौतिक तथा अन्य क्रियाकलापहरुमार्फत अभिभावकसँग जोडिने बताए। विद्यालयका प्रअ डा. खत्रीले विद्यालय यो स्थानसम्म आाउन अभिभावक तथा स्वदेश तथा विदेशमा रहेका कुहुँबासीको साथ र सहयोग रहेको बताए । भेलामा वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रबक्ता एकजित रोका,विद्यालयका अभिभावक, पूर्व अध्यक्ष, सहयोगदाता लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार