बेनी अस्पताल बन्यो गण्डकी प्रदेशमै उत्कृष्ट

  म्याग्दी न्युज संवाददाता

बेनी  । म्याग्दीको बेनी अस्पताल गण्डकी प्रदेशका ११ वटा जिल्लाहरु मध्य उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७८/०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरिएको विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा बेनी अस्पतालले ७८ अंक प्राप्त गरि उत्कृष्ट बन्न सफल भएको हो ।

नतिजा संगै अस्पतालबाट आगामी दिनहरुमा दिईने सेवा प्रवाहमा थप उत्पेरणा, हौसला प्राप्त हुनुका साथै थप जिम्मेवार र उत्तरदायित्व बोध भएको अस्पतालले जनाएको छ । १५ बेडबाट ५० बेड क्षमतामा स्तरोन्नती भैरहेको बेनी अस्पतालले भौतिक पूर्वाधारको अभाब र सिमित जनशक्तिका बिच पनि जिल्लामा अप्रेशन सहितको स्वास्थ्य उपचार सेवा दिँदै आएको छ ।

बेनी अस्पतालमा म्याग्दीका साथै संगै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका र पश्चिम बागलुङका नागरिकहरुले समेत स्वास्थ्य उपचार सेवा लिँदै आएका छन् । ५० बेड क्षमतामा निर्माणधिन अस्पताल भवन भने ठेकेदारको लापरबाहीले ढिलासुस्तीको नमुना भएको छ भने अस्पतालले अस्थायी भवन निर्माण गरेर उपचार सेवा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार