नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा रोका

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।नेपाल मगर संघको भातृ संगठन नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा दर्पण रोका चयन हुनुभएको छ । शनिवार मगर संघको सभाहलमा सम्पन्न संघको नवौं जिल्ला अधिवेशनबाट मंगला गाउँपालिका –३ ,बरंजाका रोका अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जिल्ला कार्यसमितिको उपाध्यक्षमा भरत अर्मजा, सचिवमा ज्योति पुन, सहसचिवमा रविना पुन र कोषाध्यक्ष लक्ष्मी पुन चयन हुनुभएको संघका निवर्तमान सचिव समिर रोका मगरले जानकारी दिनुभयो । कार्यसमिति सदस्यहरुमा लिला पूर्जा, दिवाना पूर्जा, थ बहादुर पुन, मनु थापा मगर, समिता थापा मगर, जिना पुन मगर, मेघना गर्बुजा, एन्जल पुन, रोशन फगामी, रश्मिका रोका, सोनी घर्ती, सिन्धु पुन र रेखा पुन रहनुभएको छ ।

अधिवेशनमा संघका सचिव समिर रोका मगरले सांगठनिक प्रगति र कोषाध्यक्ष भरत अर्मजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल मगर संघ जिल्ला समन्वय समिति र विद्याथीं संघको अधिवेश संयुक्त रुपमा आयोजना गरिएको हो । नवनिर्वाचित अध्यक्ष रोकाले जिल्लाभर स्कुल तथा क्याम्पसमा अध्ययन गर्ने मगर विद्यार्थीहरुलाई लक्षित गरेर मगर संस्कृति, भाषा प्रशिक्षण लगायतका विषयमा विभिन्न रचनात्मक गतिविधि संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

मगर संघ जिल्ला समन्वय समितिका पुर्व अध्यक्ष तथा सल्लाहकार मनप्रसाद थजालीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जनप्रतिनिधिहरुको तर्फबाट मंगला गाउँपालिका वडा नं १ का अध्यक्ष एकजित रोका, भातृ संगठनको तर्फबाट मगर भुपु सैनिक संघको जिल्ला अध्यक्ष थमबहादुर गर्बुजाले मन्तब्य व्यक्त गर्नुभएको थियो । अधिवेशनमा नेपाल विद्यार्थी संघ गण्डकी प्रदेशका सदस्य अनिल राम्जाली मगरको विशेष उपस्थिति रहेको थियो ।

नवगठित कार्य समितिलाई बधाई ज्ञापन गर्दै निवर्तमान जिल्ला अध्यक्ष विजय घर्ति मगरले मगरको संस्कार, संस्कृति र परम्परा जोगाउने अभिभारा मगर विद्यार्थी संघका काँधमा रहेकाले विद्यार्थीहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा मगर विद्यार्थी संघका कलाकारहरुले विभिन्न नृत्यहरु पनि प्रस्तृत गरेका थिए ।

म्याग्दीमा मगर जातीहरुको बाहुल्यता रहेको छ । यहाँका मगर जातीहरुको आफ्नै परम्परागत संस्कृति, भाषा, भेषभूषा तथा जीवनशैली छ । विशेषगरि लाहुरे जीवनयापन विताउन चाहने मगर समुदाय पछिल्लो समय भने अध्यन, निजामति कर्मचारी सेवाको क्षेत्र तथा राजनीतिमा पनि सक्रिय रुपमा अगाडी वढिरहेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार