दिदीबहिनी सहकारीको अध्यक्षमा सापकोटा

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । महिलाहरुको लगानी तथा व्यवस्थापनमा म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा विष्णु गौतम सापकोटा चयन हुनुभएको छ ।शनिवार बेनीमा  आयोजित ११ औँ साधारणसभाबाट सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको हो । समितिको उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिवमा जगत कुमारी खत्री, कोषाध्यक्षमा अम्विका श्रेष्ठ, सह – सचिवमा कमला जिसी चयन हुनुभएको छ ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा जयन्ती रेग्मी सुवेदी, रजनी कर्माचार्य, अञ्जना हमाल केसी, अम्विका ढुङ्गाना, अनुषा श्रेष्ठ, पुष्पा थापा र रञ्जिता भट्टचन चयन भएको सचिव खत्रीले जानकारी दिनुभयो । शारदा शर्मा सुवेदीको संयोजकत्वमा लक्ष्मी भण्डारी कार्की र मेघा रिजाल सदस्य रहेको लेखा समिति गठन भएको छ । त्यस्तै पूर्व अध्यक्ष जमुना आचायर्, निर्वतमान अध्यक्ष ज्योति लामिछाने पौडेल र शर्मिला जोशी श्रेष्ठलाई सल्लाहकारमा चयन गरिएको छ ।

नवगठित कार्य समितिको पहिलो बैठकले शिक्षा, क्रृण, कर्जा असुली लगायतका उपसमिति गठन गर्ने बताईएको छ । २०६८ सालमा ११५ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल ८४३ जना शेयर सदस्यहरु रहेका छन । महिलाहरुलाई उद्यम गरि आत्मनिर्भर बनाउन सहकारीले सहुलियत दरमा क्रृण प्रवाह गर्दै आएको छ भने आकर्षक व्याजदरमा बचत सुविधा पनि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार