भलिबल संघ म्याग्दीले प्रवास संरक्षक र सल्लाहकार चयन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघले प्रवास संरक्षक र सल्लाहकार चयन गरेको छ । संघको सोमवार बसेको कार्य समितिको वैठकले गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक उप संयोजक एवम् म्याग्दी प्रवासी नेपाली संघ मोनाका वरिष्ठ उपाध्यक्ष ददिलव खड्कालाई अन्तराष्ट्रिय प्रवासी संरक्षकमा मनोनयन गरेको छ ।

त्यस्तै मोना जापानका सल्लाहकार राम खड्कालाई सल्लाहकारमा चयन गरिएको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालका –६ घार स्थायी घर भएका खड्का द्वय ले प्रवासमा रहेर पनि जिल्लाको खेलकुद क्षेत्रको विकास तथा अन्य सामाजिक गतिविधिहरुमा सक्रिय रहनुभएकाले उहाँहरुलाई संरक्षक र सल्लाहकारमा चयन गरिएको अध्यक्ष बानियाँले बताउनुभयो ।

संरक्षक र सल्लाहकारमा मनोनयन गरिएको जानकारी सहितको पत्र समेत उहाँहरुलाई पठाईएको बानियाँले बताउनुभयो । म्याग्दी जिल्ला भलिबल संघले अन्तराष्ट्रिय सम्पर्क समिति पनि गठन गर्ने योजना समेत बनाएको छ । म्याग्दीमा जन्मेर संसारभर छरिएर रहेका खेल प्रेमीहरुलाई गोलवद्ध गरि जिल्लाको खेलक्षेत्रको विकास गर्ने उद्दे्श्य रहेको संघका अध्यक्ष बोनियाँले बताउनुभयो । यसअघि बानियाँले भलबल खेल संयोजक भएर बेनी र। घोरेपानीमा मोनाको जिल्ला स्तरीय भलिबल प्रतियोगिता पनि सम्पन्न बनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार