निस्कोटमा बडा दशैं मेला संचालन हुने

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटमा बडा दशैं मेला संचालन हुने भएको छ । जनकल्याण युवा क्लबको आयोजना यही १० असोदेखी १८ गते सम्म मेला संचालन हुने भएको हो । मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु संचालन हुनेछन् ।

क्लबका सचिव पुकार घर्तिका अनुसार ,स्थानीय क्लब अस्तरीय पुरुष भलिबल ,खुल्ला महिला भलिबल ,फाइभ ए साइड खुल्ला फुटसल ,साविक गाविस स्तरीय धनुषबान ,सामुहिक सालैजो र कौदा प्र.,एकल नृत्य प्रतियोगिता,पुरुष खुल्ला छेलो प्रतियोगिता ,महिला खुल्ला छेलो प्रतियोगिता,पुख्र्यौली नाच प्रतियोगिता,लाखे नाच प्रतियोगिता ,अण्डनिशान प्रतियोगिता र भाले छुने प्रतियोगिताहरु संचालन हुनेछन् ।
प्रतियोगितामा विजेता पुरुष भलिबल टिमले ६५ हजार कप ,मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले ४० हजार मेडल र प्रमाणपत्र हात प्राप्त गर्नेछन् । महिला भलिबलमा विजेता टिमले १८ हजार सहित कप ,मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले १० हजार मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

त्यसैगरी फुटसल प्रतियोगिताका विजेताले ४५ हजार रुपैयाँ सहित कप,मेडल र प्रमाणपत्र तथा उपविजेताले ३० हजार मेडल र प्रमाणपत्र ,धनुषबान प्रतियोगिताका विजेताले ३५ हजार सहित कप ,मेडल र प्रमाणपत्र तथा उपविजेताले २० हजार मेडल र प्रमाणपत्र ,सालैजो र कौदा प्रतियोगिताका विजेताले १२ हजार सहित मेडल र प्रमाणपत्र तथा उपविजेताले ७ हजार सहित मेडल र प्रमाणपत्र ,तृतिय टिमले चार हजार र चौथो हुने तीमले एक हजा रुपैयाँ प्राप्त गर्नेछन् ।

एकल नृत्य प्रतियोगिताका विजेताले दश हजार मेडल र प्रमाणपत्र तथा उपविजेताले ६ हजार सहित मेडल र प्रमाणपत्र ,पुरुष छेलो विजेताले ५ हजार मेडल र प्रमाण्पत्र ,महिला छेलो विजेताले तीन हजार ,मेडल र प्रमाणपत्र पाउनेछन् । पुख्र्यौली विजेता टिमले दश हजार मेडल र प्रमाणपत्र ,लाखे नाच प्रतियोगिता विजेताले पाँच हजार मेडल र प्रमाणपत्र ,अण्डनिशान विजेताले सात हजार मेडल प्रमाणपत्र तथा उपविजेताले चार हजार रुपैयाँ मेडल र प्रमाणपत्र ,भाले छुने विजेताले लोकल भाले सहित मेडल र प्रमाणपत्र पाउनेछन् । खेल (टि.टि) सिस्टम र पोल सिस्टममा खेलाइनेछ । क्लबले यस अघि पनि मेलाको आयोजना गर्दै आएको थियो ।

मौलिक कला संस्कृति ,खेल क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले मेला संचालन गर्न लागिएको क्लब अध्यक्ष नरेश पुनले जानकारी दिनुभयो । प्रतिकयोगितालाई सभ्य र भव्य रुपमा संचालन गर्न तयारीलाई तिब्र बनाइएको उहाँले बताउनुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने आििर्थक सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार