गौ बोमबस्तमा दशैैं तथा तिहारको शुभकामना आदनप्रदान

प्रकाश अधिकारी

देविस्थान । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ५  स्थित गौ बोमबस्त माध्यमिक विद्यालयमा हिन्दुहरुको महान चाड बडा दशैैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७९ को अवसर पारेर  विशेष कार्यक्रम आयोजना गरेको छ ।

विविध कार्यक्रमहरु संचालन गरी  विद्यालयले  सोमबार मनाएको हो । गौ बोमबस्त माध्यामिक विद्यालयमा मन्टेश्वरी र कक्षा १० सम्ममा अध्ययरत ३ सय जना विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक अमृत बुढाथोकी सहित अन्य शिक्षक तथा शिक्षीकाहरुले दशैंको टिका लगाइ दिएका थिए ।

‘चार्डपर्व भित्रिएको हुनाले विद्यालयमा आफुले दशैको कार्यक्रमम राखेको प्रधानाध्यापक अमृत बुढाथोकीले भन्नुभयो, ‘विद्यार्थीलाई दशैको अनुभूति र सांस्कृतिक महत्व बुझाउन नवरात्री पहिलो दिन घटस्थापनामा विद्यालयमा दशैं कार्यक्रम राखेका हौं ।’

सोही अवसरमा विद्यालयले शिक्षक, विद्यार्थी, अभिभावक बीच बिजयी दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदन–प्रदान कार्यक्रम समेत राखिएको थियो । कार्यक्रममा पूर्व वडा अध्यक्ष पीपला बुढाथोकीले शिक्षक, विद्यार्थी, अभिभावकहरुलाई शुभकामना दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार