राष्ट्रिय तेक्वान्दोको पुम्सेतर्फ पुलिसको अग्रता

  म्याग्दी न्युज संवाददाता

बेनी।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीस्थित कभर्ड हलमा सुरु भएको तेक्वान्दो प्रतियोगितामा पुलिस क्लवले चार स्वर्णसहित अग्रता लिएको छ ।प्रतियोगिताको पुम्से एकल महिला र पुरुष दुवैमा नेपाल पुलिसकी निशा दर्नाल ७.१९९ अंकसहित विजेता बनिन् भने पुलिसकै कमल श्रेष्ठ ७.५३३ अंकसहित विजेता बन्दै स्वर्ण जिते । महिलातर्फ आर्मीकी स्वतिका तामाङ र लुम्बिनीका युवराज रानाले कांस्य जिते ।

त्यस्तै पुम्से पियरमा नेपाल पुलिसले स्वर्ण, आर्मीले कांस्य र गण्डकी तथा प्रदेश १ले रजत हात जितेका छन् । पुम्से महिलातर्फ त्रिभुवन आर्मी क्लवले स्वर्ण, पुलिसले ले कास्य र प्रदेश १ तथा शसस्त्रले रजत पदक हात पारे । पुस्से विधाकै पुरुषतर्फ पुलिसले स्वर्ण, आर्मीले कांस्य र सशस्त्र तथा गण्डकी प्रदेशले रजत जितेका छन् ।

शनिबार साँझदेखि बेनी कभर्ड हलमा गेरोगी विधातर्फको प्रतियोगिता सुरु भएको छ । शनिबार रातिसम्म गोरोगीतर्फ ५८ केजी समूह पुरुष र ५३ केजी समूह महिलाको क्वार्टर फाइनल खेल सम्पन्न गरिने तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन श्रेष्ठले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार