राष्ट्रिय महिला भलिबल : एपिएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश (फोटो/भिडिओ )

  म्याग्दी न्युज संवाददाता

बेनी । राष्ट्रिय भलिबल प्रतियोगितामा एपिएफ र बागमति प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् । म्याग्दी बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सोमबार विहान भएको खेलमा एपिएफले लुम्बीनि र बागमतिले सुदुर पश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

भिडिओ हेर्नुहाेस्…

https://youtu.be/8Obvl3R7Ox0

सुदुरपश्चिम प्रदेशसंग भएको क्वाटरफाइनल प्रतियोगितामा सोझो तीन सेटमा बिजयी हाँसिल गर्दै बागमती सेमिफाइनलमा प्रवेश गरेको हो ।सुदुरपश्चिमसंग बागमतीले २५–१२, २५–१५ र २५–२३ को खेलमा नतिजा आफ्नो पक्षमा निकालेको हो ।

पहिलो क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई सोझो तीन सेटमा पराजीत गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेश माथि जित निकालेको थियो । प्रतियोगितामा एपिएफकी आरती सुवेदी र बागमतिकी प्रगति नाथ म्यान अफ दी माच घोषित हुनुभयो ।

भिडिओ हेर्नुहाेस्…

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार