कीर्तिमान सहित तारादेवीले जितिन् भारोत्तोलनमा स्वर्ण

  म्याग्दी न्युज संवाददाता

पोखरा । तीन राष्ट्रिय कीर्तिमानसहित तारादेवी पुनले नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा स्वर्ण पदक जितेकी छिन् ।पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाइन् ।

उनले स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार वहन गरिन् ।यो स्पर्धामा यसअघि लक्ष्मी बमको नाममा राष्ट्रिय कीर्तिमान थियो । उनले १३औं दक्षिण एसियाली खेलकुद सागमा लक्ष्मीले स्न्याचमा ६९, क्लिन एण्ड जर्कमा ८७ गरी कुल १५६ केजी भार वहन गरी राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

तीन वटा कीर्तिमान बनाएकी तारदेदी राष्ट्रिय खेलकुदमा लगातार ६ स्वर्ण जित्ने एकमात्र खेलाडी हुन् । उनले २०५५ मा मध्यपश्चिममा भएको चौथो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चल भलिबल टिमबाट स्वर्ण जितेकी थिइन् ।

नेपाल पुलिसमा अनुबन्ध भएयता भारोत्तोलन खेल्न थालेकी उनले पाँचौदेखि नवौं राष्ट्रिय खेलकुदसम्म लगातार स्वर्ण जितिन् । १०० किलो भन्दा बढी भार वहन गर्ने उनी एकमात्र नेपाली महिला खेलाडी हुन्।

महिला ८१ केजी तौल समूहमा एपीएफकी अञ्जली श्रेष्ठले स्न्याचमा ५३ र क्लिन एण्ड जर्कमा ६९ गरी कुल १२१ केजी भार वहन गरी रजत जितिन् ।सुदूरपश्चिमकी चम्पाकुमारी ठकुल्ला ले कांस्य जितिन् । उनले स्न्याचमा ४० र क्लिन एण्ड जर्कमा ६० गरी कुल १०० केजी भार वहन गरिन् । onlinekhabar

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार