गठबन्धनका उम्मेद्वार गुर्जा र मुदीमा मतदाता भेटघाट

  म्याग्दी न्युज संवाददाता

बेनी । गठबन्धनबाट म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा उमेद्वार बन्नुभएका माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ‘सुविन’ नेतृत्वको टोलीले धवलागिरी गाउँपालिकाको गुर्जा र मुदीमा घरदैलो, मतदाता र कार्यकर्ता भेटघाट गर्नुभएको छ ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी श्रीप्रसाद रोका, प्रदेशसभा क्षेत्र (ख)का सभापति टंकप्रसाद पुन, नेकपा एकिकृत समाजवादीका युवा नेता अनुप गौचन लगायतको टोलीले गुर्जा र मुदीमा घरदैलो गरेका हुन् । उम्मेद्वार जुग्जालीले समग्र प्रदेश सभा (ख) क्षेत्रको विकास र सुशासनको लागि आफुले काम गर्ने बताउनुभयो । उहाँले स्थानीयबासीको सल्लाह सुझाव र आवश्यकता अनुसार सहकार्य गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गठबन्धनमा आवद्ध काँग्रेस र माओवादीले निर्वाचनलाई लक्षित गरेर वडा र टोल स्तरमा संयुक्त कार्यकर्ता भेला, प्रशिक्षणका साथै भेटघाट अभियानलाई तिब्रता दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार